प्रजातान्त्रिक नेपाल जनस्वास्थ्य संघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा  खडका

प्रजातान्त्रिक नेपाल जनस्वास्थ्य संघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा  खडका

धनगढी । प्रजातान्त्रिक नेपाल जनस्वास्थ्य संघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा महेन्द्र खडका सर्वसम्मत रूपमा निर्वाचित भएका छन् ।

शनिवार भएको संघको साधारण सभाबाट खडका नेतृत्वमा प्रदेश कार्यसमिति गठन गरिएको हो ।

संघको उपाध्यक्षमा प्रनीता शाह, सचिवमा पदम राज भट्ट, कोषाध्यक्षमा आशिष शाह, प्रकृति पन्त र सह-कोषाध्यक्षमा ममता जोशी चयन भए ।

सदस्यमा महेश चन्द, दीपेन्द्र जोशी,  विनोद भट्ट, सौगात शाह, राजेन्द्र भट्ट, खेम  बोगटी, देवीचन्द्र थापा, हेमा भण्डारी, धर्मानन्द जोशी, विनम राज श्रेष्ठ, थानेश्वर पनेरु र आयुशा पाण्डेय  चयन भएका छन् ।

संघका केन्द्रीय उपाध्यक्ष दयाकृष्ण पन्तको अध्यक्षतामा भएको कार्यक्रमको सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश बमले समुद्घाटन गरे ।

साथै संघको पहिलो बैठकले नेपाल जनस्वास्थ्य संघ  प्रदेश अध्यक्षमा शिवराज सुनारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । संघको अधिवेशन वैशाख ८ गते तोकिएको छ ।