किन हुन्छ मुख सुख्खा थाहा पाउनुहोस् !

किन हुन्छ मुख सुख्खा थाहा पाउनुहोस् !

एजेन्सी ।  मुख पटक-पटक सुक्नु भनेको कुनै गम्भीर रोगको संकेत पनि हुन सक्छ । त्यसैले यसबारेमा समयमा थाहा पाउँदा शरीरमा अन्य समस्या हुनबाट रोक्न सकिन्छ ।

स्वास्थ्य विशेषज्ञका अनुसार मुखमा र्याल नबन्दा मुख सुख्खा हुने समस्या हुन्छ । साथमा पौष्टिक तत्वहरुको कमी तथा एसिडिटीको कारणले पनि तपाईंको मुख सुख्खा हुने समस्या हुन थाल्छ ।

घाँटी र टाउकोसँग जोडिएका थेरापीहरुले लिने कारणले गर्दा पनि र्याल गन्थ्रीहरुमा नोक्सान हुन्छ । यस्तोमा तपाईंको मुख पनि सुख्खा हुन्छ भने थेरापी लिन बन्द गर्नुहोस् ।

डिहाइड्रेशनको कारणले पनि मुख सुक्ने समस्या हुन्छ । यस्तो शरीरलाई डिहाइड्रेशन हुनबाट जोगाउनुहोस् । यसका लागि दैनिक कम्तीमा दुई देखि तीन लिटर पानी पिउनुहोस् ।

त्यस्तै कतिपय विमारीहरु भइरहेको अवस्थामा पनि मुख सुख्खा हुने समस्या हुन्छ । जस्तै स्जोगे्रन सिन्ड्रोम, एचआईभी र मधुमेहको समस्या भइरहेको बेला पनि मुख सुख्खा हुने समस्या हुन्छ ।

यदी अत्यधिक मात्रामा नसाजन्य पदार्थहरुको सेवन गर्दा पनि मुख सुक्ने गर्छ । त्यसैले चुरोट, खैनी, रक्सी, ड्रग्स आदिको सेवन गर्नु हानिकारक हुन्छ ।

अदुवाले मुख सुक्ने समस्यामा काम गर्दछ । अदुवामा जेरोस्टोमिया भन्ने तत्व पाइन्छ जसले मुख सुक्ने समस्यालाई नियन्त्रण गर्छ । यसका लागि तपाईं अदुवाको सानो टुक्रा मुखमा राख्न सक्नुहुन्छ ।