कैलालीमा लागूऔषधसहित २ जना पक्राउ

कैलालीमा लागूऔषधसहित २ जना पक्राउ

धनगढी । कैलालीमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका- ३ ब्यारेल नजिकबाट २ ग्राम ८५० मिलिग्राम लागू औषध (खैरो हेरोइन)सहित गोदावरी नगरपालिका९४ बस्ने २२ वर्षीय विशाल ऐडीलाई शनिवार साँझ प्रहरीले पक्राउ गरेको हो।

यस्तै टीकापुर नगरपालिका-३ कटानपुरबाट २४० मिलिग्राम लागू औषध (खैरो हेरोइन) सहित सोही ठाउँ बस्ने १९ वर्षीय समीर चौधरीलाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

चौधरीलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। दुबै जनालाई पक्राउ गरी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।