बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बाँके। बाँकेको राप्ती सोनारी गाउँपालिका-९ ढकेरी नजिक बाघको आक्रमणबाट एक जना वृद्धको मृत्यु भएको छ । 

इलाका प्रहरी कार्यालय बाँकेका अनुसार ढकेरीमा आफन्तको घरमा पाहुना आउनुभएका दार्माकोट सल्यान निवासी ७१ वर्षीय नागेन्द्रप्रसाद शर्माको शव बाघले खाएको अवस्थामा कोहलपुर र ढकेरीको बिचमा रहेको भालुखोलामा फेला परेको छ । 

इलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रमुख प्रहरी निरीक्षक देवराज भट्टराईले शर्माको शव आइतबार बिहान फेला परेको जनाउँदै शवको प्रकृति हेर्दा बाघले खाएको जस्तो देखिएको बताए । यस बिषयमा थप अनुसन्धान भइरहेको छ ।