जिरा र धनियाँ पानी पिउँदा हुन्छन यस्ता फाइदा !

जिरा र धनियाँ पानी पिउँदा हुन्छन यस्ता फाइदा !

एजेन्सी । सामान्य रुपमा भन्दा हामीले तरकारी वा अन्य कुनै खानपानको स्वाद बढाउनका लागि जिरा धनियाँको प्रयोग गर्दछौं । तर यीनमा कैयौं त्यस्ता गुणहरु हुन्छन् जो औषधीले जसरी काम गर्छन् । जसले हाम्रो स्वास्थ्यमा औषधीय गुणको काम गर्छन् । यदी तपाईं जिरा धनियाँको पानी पिउनुहुन्छ भने पनि यसले धेरै फाइदाहरु गर्छ । यही फाइदाका बारेमा जान्ने कोसिस गरौं ।

बनाउने तरिका
जिरा धनियाँको पानी बनाउनका लागि एक एक चम्चा धनियाँ र जिरा लिनुहोस् र उमाल्नुहोस् । एउटा कपमा छान्नुहोस् । हल्का मनतातो भएपछि उक्त पानी पिउनुहोस् । यो पानीलाई तपाईं दैनिक बिहान उठेर सेवन गर्न सक्नुहुन्छ । तर यदी तपाईंलाई विभिन्न खालको स्वास्थ्य समस्या छ भने पिउनुअघि विशेषज्ञको सल्लाह लिनुहोस् ।

तौल कम गर्ने
यदी तपाईं तौल कम गर्न चाहनुभएको छ भने यो पानीको सेवन गर्न सक्नुहुन्छ । यसले शरीरमा भएको अतिरिक्त बोसो बर्न गर्न सहयोगी हुन्छ ।

डिटक्स
यो पानीको सेवनले शरीरबाट टक्सिन यानिकी फोहोरहरु बाहिर निकाल्न सहयोग गर्छ । यसका लागि जिरा धनियाँको पानी बिहान खाली पेटमा पिउनुपर्दछ ।

कोलेस्ट्रोलमा फाइदाजनक
शरीरमा भएको खराब कोलेस्ट्रोलको स्तर कम गर्नका लागि पनि तपाईं जिरा धनियाँको पानी पिउन सक्नुहुन्छ । यसले खराब कोलेस्ट्रोल कम गर्न सहयोग गर्दछ ।

पाचन राम्रो बनाउँछ
जिरा र धनियाँको पानी पिउँदा पाचन प्रणाली पनि राम्रो हुन्छ । यसले पेटसँग जोडिएका समस्याहरु पनि कम हुन्छन् ।

मधुमेह
मधुमेहका विरामीहरुले पनि यो पानी पिउनु फाइदाजनक हुन्छ । यसले रगतमा सुगरको मात्रालाई नियन्त्रण गर्न सहयोग गर्दछ ।