कैलाली भन्सार कार्यालयबाट २६ करोडको गहुँ आयात

कैलाली भन्सार कार्यालयबाट २६ करोडको गहुँ आयात

धनगढी । कैलाली भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा २६ करोड ३७ लाखको गहुँ आयात गरिएको छ । यहि अवधिमा १२ करोड २१ लाखको मकै, पाँच करोड ९४ लाखको चामल र एक करोड ९२ लाखको तोरीको दाना आयात भएको छ । 

कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार चालु आवको आठ महिनामा आठ करोड ७१ लाखको तरकारी, १६ लाख ५० हजारको मटर, १४ लाख ८६ हजारको फर्सी, लौकालगायतको तरकारी, सात लाख ३३ हजारको प्याज, पाँच लाख २९ हजारको काँक्रा, सात लाख ४१ हजारको कागती र ६ लाख ७९ हजारको अन्य तरकारी आयात गरिएको छ । 

यस्तै चालु आवको सोही अवधिमा आठ करोड ४९ लाखको अङ्गुर, चार करोड ४९ लाखको अनार, दुई करोड ३० लाखको अम्बा, आँपलगायतका फलफूल, दुई करोड ११ लाखको सुन्तला, ८७ लाख २९ हजारको स्याउ तथा ८४ लाख ७१ हजारको केरा आयात गरिएको सूचना अधिकारी खड्काले जानकारी दिए ।