साहित्यकार परशु प्रधानको निधन

साहित्यकार परशु प्रधानको निधन

काठमाडौं । साहित्यकार परशु प्रधानको निधन भएको छ। उनको ८० वर्षको उमेरमा गए राति बानेश्वरस्थित निवासमा निधन भएको हो।

विसं २००० मा भोजपुरमा जन्मिएका प्रधानले सुरुमा गद्य अर्थात् कथा तथा उपन्यास विधामा कलम चलाउने गरेका थिए। उनका १३ वटा कथा संग्रह प्रकाशित छन्।