दालभातमा पनि हुन्छ पोषण, ढुक्कले खानुहोस् !

दालभातमा पनि हुन्छ पोषण, ढुक्कले खानुहोस्   !

एजेन्सी । नेपालमा धेरै जसो दालभात खान रुचाइन्छ । हाम्रो मुख्य खाना नै दाल भात पर्दछ । वर्षौंदेखि यसलाई खाइँदै आइनुले पनि के देखाउँछ भने यो शरीरका लागि त्यति हानिकारक छैन जति अहिले बताइन थालिएको छ ।

कुनै पनि कुरा सही मात्रामा खाँदा त्यसले बेफाइदा गर्दैन भनेर धेरै डाक्टर तथा विशेषज्ञले पनि भन्ने गर्छन् । त्यसैले आज जानौं दाल भात खाँदा हुने फाइदा बारे ।

दाल र भातलाई विशेषगरी साँझ वा रातिको खानामा समावेश गर्नु फाइदाजनक मानिन्छ । किनकी यो पचाउन सजिलो हुन्छ । साथमा यसमा हुने गुण पनि तपाईंले सजिलै प्राप्त गर्न सक्नुहुन्छ ।
तपाईंले साँझको समयमा दालभात खानुहुन्छ भने यसले राम्रो निद्रा लाग्ने गर्दछ । साथमा छिटो निद्रा पनि लाग्छ ।
दाल र भातको मिश्रणले पेटलाई लामो समय भरिएको महसुस गराउँछ जसले गर्दा तपाईं ओभरइटिंग गर्नु हुन्न र तौल नियन्त्रणमा राख्न सकिन्छ ।
फाइबरले भरपूर यो हल्का भोजनले पाचनलाई पनि राम्रो बनाउँछ । साथमा यसले पेटसँग जोडिएका समस्याबाट पनि राहत दिन्छ ।
यो हल्का भोजनमा प्रोटिनको मात्रा पनि प्रसस्त पाइन्छ जसले गर्दा हड्डी बलियो बनाउनका लागि पनि यो फाइदाजनक हुन्छ ।
दाल र भातको सेवनले मांसपेशीको निर्माणमा पनि सहयोग पुग्छ । यसले दाँत पनि बलियो हुन्छन् ।
दालभात खानाले पेट दुख्ने समस्या पनि निको हुन्छ । साथमा कब्जियत पनि हुन दिँदैन । अत्यधिक सेवन गर्नबाट भने बच्नुपर्छ ।
सीमित मात्रामा दालभात हामीले दैनिक रुपमा खान सक्छौं । जो स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।