काठमाडौं । धनगढी विमानस्थलमा श्री एयरलाइन्सको जहाज दुर्घटना हुनबाट जोगिएको छ ।
हिजो सोमबार काठमाण्डौंबाट धनगढी गएको एएनएच २२७ उडान नम्बरको श्री एयरलाइन्सको जहाज ल्याण्ड गर्ने समयमा एउटा चक्का फुस्कीएको हो।
अवतरणका क्रममा फुस्किएको चक्का विमानस्थल कार्यालयमा तैनाथ प्रहरी र विमानस्थलका कर्मचारीले झाडीमा फेला पार्नुभएको थियो । जहाज अहिले धनगढी विमानस्थलमै ग्राउन्डेड गरिएको छ।
प्राविधिक जाँच गरेपछि मात्र उड्न अनुमति दिइनेछ।