बच्चाको दाँतमा किरा लाग्नबाट कसरी जोगाउने ?

बच्चाको दाँतमा किरा लाग्नबाट कसरी जोगाउने ?

एजेन्सी । बच्चाहरुको दाँतमा किरा लाग्ने वा दाँत किराले खाने  आम समस्या हो । तर केही उपायहरुलाई अपनाएर तपाईं उनीहरुको दाँतमा किरा लाग्नबाट जोगाउन सक्नुहुन्छ । जानौं यसबारेमा विस्तारमा–

गुलियो चिज नखुवाउने
बच्चालाई अत्यधिक मिठाई तथा गुलियो चिजहरु खुवाउनबाट जोगाउनुहोस् । यसले दाँतमा किरा पर्ने कारण बन्न सक्छ । यदी उनीहरु खान खोज्छन् भने पनि खाएपछि कुल्ला गर्ने बानी बसाल्नुहोस् ।

फाइबर खुवाउने
बच्चाको दाँतमा किरा लाग्नबाट बचाउनका लागि फाइबरले भरिपूर्ण चिजहरुलाई उनीहरुको खानपानमा समावेश गराउनुहोस् । यसले दाँत बलियो हुन्छन् ।

कुल्ला गर्ने
बच्चाहरुको कुनै पनि खानेकुरा खाएपछि कुल्ला गर्ने बानी हुँदैन । यसरी भोजनका कणहरु दाँतहरुको बीचमा अड्किन्छन् जसले गर्दा त्यो सड्दै गएर दाँतमा नराम्रो असर गर्छ । त्यसैले कुनै पनि खानेकुरा खाएपछि कुल्ला गर्ने बानी बसाल्नुहोस् ।

दुईपटक ब्रस
बच्चाको दाँतमा किरा लाग्नबाट जोगाउनका लागि दिनमा दुईपटक ब्रस गर्ने बानी गराउनुहोस् । जसले गर्दा दाँतमा जम्मा भएको सबै फोहोरहरु निस्कन्छ ।

डाक्टरको सल्लाह
बच्चाहरुको दाँतमा कुनै पनि प्रकारको परिवर्तन देखियो भने डाक्टरसँग अवश्य सम्पर्क गर्नुहोस् । बच्चाको दाँतमा कहिल्यै पनि घरेलु उपायहरु अपनाउन थाल्नु हुँदैन ।

कोल्ड ड्रिंक
अत्यधिक कोल्ड ड्रिंक पिउँदा पनि बच्चाहरुको दाँतमा किरा लाग्ने सम्भावना हुन्छ । यसले दाँतमा झनझनाहट तथा दाँतलाई संवेदनशील पनि बनाउँछ ।