चैत मसान्तभित्र पाठ्यपुस्तक पुर्‍याउन शिक्षा मन्त्रालयको निर्देशन

चैत मसान्तभित्र पाठ्यपुस्तक पुर्‍याउन शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले चैत मसान्तसम्म स्थानीय तहभित्र पाठ्यपुस्तक पुर्‍याउन जनक शिक्षा सामाग्री केन्द्रलाई निर्देशन दिएको छ।

‘आगामी शैक्षिक सत्र निकट भविष्यमा सुरु हुन लागेको सन्दर्भमा कक्षा १ देखि कक्षा १० सम्मका पाठ्यपुस्तक  वैशाख ०२ गतेबाट विद्यार्थीको हातमा पुग्नु पर्ने पक्षमा ध्यान दिई समयमा नै पाठ्यपुस्तक छपाई सम्पन्न गर्न र स्थानीय तहसम्म पाठ्यपुस्तक ढुवानीको कार्य तत्काल सुरु गर्नुपर्ने छ ।

शिक्षा सचिव सुरेश अधिकारीले दिएको निर्देशनमा पाठ्यपुस्तक ढुवानी गरी चैत्र मसान्तसम्म सबै स्थानीय तहहरूमा पुऱ्याउने सम्बन्धमा देहाय बमोजिम कार्यसम्पादन गर्न निर्देशित गरेको बताए ।

दुर्गम क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी तत्काल पाठ्यपुस्तक ढुवानीको कार्य सुरु गर्न मन्त्रालयले निर्देशन दिएको छ। त्यस्तै पाठ्यपुस्तक छपाई, ढुवानी सहितको विस्तृत कार्य योजना तयार गरी पेस गर्न मन्त्रालयले केन्द्रलाई निर्देशन दिएको हो।