मिश्री र चिनीमा के फरक छ ?

मिश्री र चिनीमा के फरक छ ?

एजेन्सी । चिनी र मिश्री धुलो र डल्लोमा हुने भए पनि एकैनासको देखिन्छ । तर यी दुबैमा एकदमै धेरै विविधता हुन्छन् ।

तपाईंलाई पनि मिश्री र चिनी एउटै जस्तो लाग्छ वा यसको विविधताका बारेमा जान्न चाहनुहुन्छ भने यो पढ्नुहोस ।

चिनीलाई अलग अलग केमिकलको प्रयोग गरेर प्रोसेस गरिन्छ भने मिश्रीलाई कुनै पनि प्रोसेस नगरिकन बनाइन्छ ।

चिनीलाई ऊँखुको रसबाट बनाइन्छ । यसलाई बनाउने प्रक्रियामा ऊँखुको रसमा विभिन्न केमिकलहरु राखेर रिफाइन गरिन्छ ।

मिश्री बनाउनका लागि सुगर सीरपको घोललाई क्रिस्टलीकरण गरिन्छ । त्यसपछि तारले मिश्रीलाई चिसो बनाउँछन् ।

मिश्रीलाई चिनीभन्दा राम्रो मानिन्छ किनकी यो पूर्ण रुपमा शुद्ध हुन्छ र चिनीभन्दा कम गुलियो हुन्छ ।

चिनीको स्थानमा मिश्रीको सेवन गर्नाले शरीरलाई शीतलता प्रदान हुन्छ । मिश्रीले शरीरलाई चिसो बनाउँछ ।

मिश्रीमा डाइजेस्टिव गुणहरु पनि पाइन्छ जसले अपच तथा कब्जियत भगाउँछ । यसले पाचन प्रक्रिया पनि राम्रो हुन्छ ।

तर मधुमेह भएको अवस्थामा भने मिश्रीको सेवन पनि हानिकारक हुन्छ । यसले रगतमा चिनीको मात्रालाई अझै बढाउन सक्छ ।