एलाइन्स इन्टरनेशनल मोडेल स्कुलमा अध्ययनरत १५ विद्यार्थीलाई छात्रवृत्ति

एलाइन्स इन्टरनेशनल मोडेल स्कुलमा अध्ययनरत १५ विद्यार्थीलाई छात्रवृत्ति

धनगढी । एलाइन्स इन्टरनेशनल मोडेल स्कुल प्लस टू मा  अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । 

कक्षा १२ मा अध्ययनरत मेहनती, जेहनदार, अनुशासित, दलित, जनजाति तथा विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

पढाइ प्रति प्रेरित गर्ने उद्देश्यले कक्षा ११ र १२ को शैक्षिक गतिविधि अतिरिक्त क्रियाकलाप आदिको मुल्याङकनका आधारमा छात्रवृत्ति फारम भरेका मध्य १५ जनालाई छात्रवृत्ति प्रदान गरिएको एलाइन्स इन्टरनेशनल मोडेल स्कुलले जनाएको छ ।