पत्रकार मिश्रको पहलमा शैक्षिक सामग्री  वितरण

पत्रकार मिश्रको पहलमा शैक्षिक सामग्री  वितरण

धनगढी । पत्रकार प्रकाश मिश्रको पहल तथा स्विजरल्याण्डमा बसोबास गर्दै आउनुभएका नेपाली दिदी बहिनी र स्विस नागरिकको सहयोगमा कैलालीका विभिन्न सामुदायिक विद्यालयका बिद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । 

स्विजरल्याण्डमा बस्नुहुने एनआरएन स्विजरल्याण्डका पूर्व अध्यक्ष शुभ एल्मर लामा, सुनम पन्त, विजया भट्ट, उषा ज्याक्युट  स्विस नागरिक इस्टर कम र बेट्रीक्स ओचनेरको आर्थिक सहयोगमा बिद्यार्थीहरुलाइ शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो । 

विगत ६ वर्षदेखि कैलाली जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत आर्थिकरुपमा कमजोर,जेहेन्दार बिद्यार्थीहरुको पढाइलाई मदत पुगोस् भनेर शैक्षिक सामग्री प्रदान गर्दै आइरहेको पत्रकार प्रकाश मिश्रले बताए ।

उनले  विदेशी भूमिमा बसेर नेपालमा रहेका बालबालिकाको पढाइलाई मदत गर्नुहुने आदरणीय दिदिहरुप्रती आभार व्यक्त गरेका छन् ।

 उनले शैक्षिक सामग्रीमा प्रत्येक विद्यार्थीलाई  कापी,कलम,पेन्सिल,ज्यामिति बक्स ,विद्यालय पोसाक २ जोर, विद्यालय जुत्ता १ जोर ,झोला तथा  छात्रालाई कुर्ता सुरवाल तथा छात्र लाइ टिसर्ट प्रदान गरिएको  बताए । बालबालिकाको शैक्षिक चाहना पूरा गर्ने कर्म गर्न पाउनु आफैँमा पुण्यको काम भएको  पत्रकार मिश्रले  बताएका छन् ।