हरियाली धनगढी अभियानलाई, चैतन्य पाठशालाको आर्थिक सहयोग

हरियाली धनगढी अभियानलाई, चैतन्य पाठशालाको आर्थिक सहयोग

धनगढी । धनगढीमा रहेको चैतन्य पाठशालाले धनगढी उपमहानगरपालिकाको हरित धनगढी अभियानलाई सुन्दर र हरियालीयुक्त धनगढी बनाउने उद्देश्यसहित आर्थिक सहयोग गरेको छ ।

धनगढी उपमहानगरपालिकाले सुरु गरेको अभियानमा पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले सहयोग स्वरूप रु  एक लाख धनगढी उपमहानगरपालिकालाई सहयोग गरेका हुन् ।

चैतन्य रिसर्च एन्ड डिभलपमेन्टका प्रमुख डा. हेमराज पन्तको उपस्थितिमा नगर प्रमुख गोपाल हमाललाई आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।

धनगढी उपमहानगरपालिकाले सञ्चालन गरिएको हरियालीमय धनगढी अभियानलाई ऐक्यबद्धता जनाउँदै नगर प्रमुखको कार्यकक्षमै पुगी सो रकम हस्तान्तरण गरिएको हो ।

सहयोग बारे नगर प्रमुख हमाले चैतन्य पाठशालाले गरेको सो सहयोग बारे प्रशंसा गर्दै हार्दिक धन्यवाद व्यक्त गरे । शिक्षा र संस्कारको संगम भन्ने मूल नाराका साथ संस्कार युक्त शिक्षालाई चैतन्य पाठशालाले जोड दिँदै आइरहेको छ ।