लागूऔषध सहित धनगढीबाट दुई युवक पक्राउ

लागूऔषध सहित धनगढीबाट दुई युवक पक्राउ

धनगढी । डडेल्धुराका दुई युवक कैलालीको धनगढीबाट लागू औषधसहित पक्राउ परेका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट ६० मिलिग्राम लागू औषध (खैरो हेरोइन) सहित डडेल्धुराको आलि ताल गाउँपालिका–१ बस्ने २२ वर्षीय विक्रम बोहरासहित दुई जनालाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको हो।

प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरीले उक्त पदार्थसहित दुवै जनालाई पक्राउ गरेको हो। यस विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।