धनगढीमा अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाइयो

धनगढीमा अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाइयो

धनगढी । धनगढीमा  ५९औ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मार्च २१ को  सन्दर्भको अवसरमा दबाब मूलक र्‍याली निकालिएको छ ।

आत्मसात् ,समानता र सामाजिक न्याय सहितको समृद्धिका लागि राजनैतिक हक ,जातीय छुवाछूत तथा सबै प्रकारका विभेद अन्त्यका लागि दलित अधिकार दशक भन्ने  मूल नाराका साथ र्‍याली निकालिएको हो।

दलित सरकारी संस्था महासघ (डिएनएफ) सुदूरपश्चिम प्रदेश समिति, नेपाल दलित संघ, नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेपाल दलित मुक्ति मोर्चा र नेपाल दलित मुक्ति सङ्गठनको आयोजना र जिल्ला स्थित विभिन्न सरकारी एवं गैरसरकारी निकायको सहकार्यमा उक्त र्‍याली निकालिएको थियो ।

दलित अधिकार सुनिश्चितता गर्न दबाब दिने उद्देश्यले दिवसको अवसरमा र्‍याली निकालिएको दलित गैर सरकारी संस्था महासङ्घका प्रदेश उप–सचिव राजेन्द्र रैकाले बताए । र्‍याली  पछि दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमको पनि आयोजना गरिएको थियो । 

उप सचिब रैकाले दलित समुदायले माग गर्दै आएको समानुपातिक प्रतिनिधित्व सहितको समावेशी लोकतान्त्रिक गणतन्त्र, विभेद रहित सामाजिक व्यवस्था निर्माण गर्न सर्वप्रथम राज्यले “जातीय विभेदलाई कडाभन्दा कडा दण्डनीय अपराधको रूपमा लिई त्यसमा संलग्न अपराधीहरूलाई कानुनी कठघरामा उभ्याउनु पर्ने बताए ।

नेपाललाई वि.सं.२०६२/६३ सालको जनआन्दोलनपछि पुनः स्थापित सांसदले २०६३ साल ज्येष्ठ २१ गते छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो ।

सन् १९६० मा दक्षिण अफ्रिकामा त्यहाँको रंगभेदी कानुनको विरुद्धमा काला जातिले गरेको प्रदर्शनमा प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा ६९ जना अधिकारकर्मीले ज्यान गुमाएको र ३०० भन्दा बढी प्रदर्शनकारी घाइते भएकोमा समानता र न्यायको लागि महत्त्वपूर्ण सङ्घर्ष भएको दिनलाई स्मरण र सम्मानमा संयुक्त राष्ट्र सङ्घले सन् १९६५ मा रंगभेदविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि जारी गर्दै २१ मार्चलाई जाती भेद उन्मूलन दिवसको रूपमा मनाउने घोषणा गरेको थियो ।

दक्षिण अफ्रिकी अमेरिकी काला जातिका जनताको पीडा र नेपालका दलित समुदायको पीडा एकै खालको भएको, नेपालले उक्त महासन्धि सन् १९७१ मा अनुमोदन गरिसकेको परिप्रेक्ष्यमा यस दिवसलाई महान् संघर्षको दिनको रूपमा नेपालका दलित समुदायले समेत मनाउने गरेका छन् ।