जन्मदिनको अवसरमा सविन रोकायाले गरे दृष्टि फाउन्डेसनलाई खाद्यान्न सहयोग

जन्मदिनको अवसरमा सविन रोकायाले गरे दृष्टि फाउन्डेसनलाई खाद्यान्न सहयोग

धनगढी । धनगढी- ३ विशाल नगरमा रहेको कोबिदा इन्टरनेशनल स्कुलका प्रबन्ध निर्देशक सविन रोकायाले आफ्नो जन्मदिनमा दृष्टि फाउन्डेसनलाई खाद्यान्न सहयोग गरेका छन् ।

बिहीबार उनले आफ्नो जन्मदिनको अवसरमा खाद्यान्न सहयोग गरेका हुन् । आफूले सानो सहयोग गर्न पाउँदा उनले खुसी व्यक्त गरेका छन् ।

यस्तै दृष्टि फाउन्डेसनका अध्यक्ष कल्पना भट्टले खाद्यान्न सहयोग गरेको रोकायालाई धन्यवाद दिएकी छन् । आफ्नो परिवारको साथमा रोकायाले खाद्यान्न सहयोग गरी जन्मदिन मनाएका हुन्।