कृष्णपुरका २५ सय बालबालिकालाई स्टेशनरी तथा ट्रयाकसुट वितरण

कृष्णपुरका २५ सय बालबालिकालाई स्टेशनरी तथा ट्रयाकसुट वितरण

धनगढी। कञ्चनपुरको कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेम राजओझाले अति जोखिममा रहेका २ हजार ५ सय ५० बालबालिकालाई स्टेशनरी र ट्रयाकसुट वितरण गरेका छन् ।

उनले शुक्रवार एक औपचारिक कार्यक्रमका बिच वडा नं ४ स्थित मालुबेलाबाट ८२ जना बालबालिकालाई उल्लेखित सामानहरू वितरण गर्दै शुभारम्भ गरेका हुन् ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ एनएनएसडब्लुुए (NNSWA) कञ्चनपुर र वर्ल्ड भिजन ईन्टरनेशनलको संयुक्त साझेदारीमा कृष्णपुर नगरपालिकाको ५ वटा वडाहरूमा  संचालितबाल संरक्षण, स्पोन्सरसीप तथा समावेशी गुणस्तरीय शिक्षा परियोजना मार्फत कार्यक्षेत्रका जोखिममा रहेका बालबालिकाहरूलाई सहयोग गरिएको हो ।

सहयोग अन्तर्गत नगर प्रमुखले बालबालिकाहरूलाई प्रतिबालबालिका १ थान ट्रयाकसुट, ९ वटा कपि, डटपेन ५, पेन्सिल ५, ईरेजर ५ र सापर्नर ५ वितरण गरेका हुन् । 

कृष्णपुर न.पा.का ५ वटा वडाहरु क्रमशः १, २, ४, ७ र ९ गरी ५ वटा वडामा २५०० बालबालिकाहरूलाई वितरण हुने ट्रयाकसुट र स्टेशनरी वितरणको औपचारिक शुभारम्भ कार्यक्रमका संचालकतथा परियोजना संयोजक रामेश्वर जैरुले वितरण हुने सामानहरूको एकमुष्ट लागत रु २३ लाख ९५ हजार ९८० खर्च लागेको बताएका थिए । 

नगर प्रमुख हेमराज ओझाको प्रमुख आथित्यतामा सम्पन्न भएको सो कार्यक्रमको अध्यक्षता  (NNSWA) का कार्यकारी निर्देशक  अशोक विक्रम जैरुले गरेका थिए । विशिष्ट आथित्यता वल्र्डभिजन पश्चिम कार्यालय धनगढीका कार्यक्रम प्रमुख केशवराज भट्टले गरेका थिए । कार्यक्रममा पत्रकार महासङ्घ, सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावल, निवर्तमान अध्यक्ष अर्जुन शाह, संघकै सुदूरपश्चिम प्रदेश सचिव हरि जोशी र वल्र्डभिजनका कंचनपुर फोकलपर्शन सुरज शर्माको विशेष आथित्यता रहेको थियो । 

कार्यक्रममा बोल्दै नगर प्रमुख ओझाले जोखिममा परेका सीमान्तकृत बालबालिकालाई वितरण भएको कपडा र स्टेशनरीले नानीबाबुहरूको मुहारमा खुसी ल्याएको बताएका छन् सहयोगले बालबालिकाको समृद्धि, खुसी, सक्षमता अभिवृद्धि हुनमा विश्वास व्यक्त गरे ।
यस प्रकारको काम निकै सरहानियपूर्ण कार्य भएको कुरा उल्लेख गर्दै यस्का लागि आयोजक तथा सहयोगी संस्थालाई धन्यवाद दिए ।

कार्यक्रममा बोल्दै वल्र्डभिजनका कार्यक्रम प्रमुख केशव राज भट्टले बाल समृद्धि, संरक्षण र आधारभूत शिक्षामा उनीहरूको समता मूलक पहुँच अभिवृद्धि गर्न वल्र्डभिजन सदैव अग्रसर हुने बताए । 

यस्तै आयोजक संस्थाका कार्यकारी निर्देशक तथा कार्यक्रमका अध्यक्ष अशोक विक्रम जैरुले (NNSWA) कञ्चनपुरले सदैव  गरिब, दलित, सीमान्तकृत र जोखिममा रहेका बालबालिकाकाहरुको पक्षमा काम गर्दै आइरहेको बताए । उनले भविष्यमा पनि निरन्तर रूपमा जोखिममा रहेका बालबालिकाको समृद्धि, हित र अधिकार स्थापनाका लागि काम गर्ने बताए ।