अण्डा घाँटीमा अड्केर एक जनाको मृत्यु

अण्डा घाँटीमा अड्केर एक जनाको मृत्यु

काठमाडौं। ओखलढुङ्गामाघाँटीमा अण्डा अड्केर एक जनाको मृत्यु भएको छ।

उसिनेको अण्डा खाँदा घाँटीमा अड्केर मोलुङ गाउँपालिका–२ रामपुरका ४५ वर्षीय काजी भुजेलको मृत्यु भएको हो।

शुक्रवार साँझ ६ बजेको समयमा बरुणेश्वर रामपुरको एक होटलमा अत्यधिक मदिरा सेवन गरी अण्डा उसिनेर खानेक्रममा घाँटीमा अड्किएर श्वास फेर्न नसकेपछि उनको मृत्युभएको प्रहरी निरीक्षक बालिस्टार सिंहले बताए। भुजेलको शवलाई पोस्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको प्रहरी निरीक्षक सिंहले बताए।