छेडेदहमा डुंगा पल्टिँदा बेपत्ता भएका युवक मृत फेला

छेडेदहमा डुंगा पल्टिँदा बेपत्ता भएका युवक मृत फेला

बाजुरा । बाजुराको खप्तड छेडेदहगाउँपालिका–४ र ७ मा पर्ने छेडेदहतालमा डुंगा पल्टिँदा बेपत्ता भएका युवक मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार खप्तड छेडेदह–७ लम्गाउँका अन्दाजी ३२ वर्षीय वीरेन्द्र रावत मृत फेला परेका हुन्।

तालमा अचानक डुंगा पल्टिँदा रावत बेपत्ता भएका थिए। डुंगामा सवार अन्य ६ जनाले भने पौडी खेलेर ज्यान जोगाएका थिए।