धनगढीको कबडहलमा होली उत्सव, आज गायक शिव परियार आउँदै

धनगढीको कबडहलमा होली उत्सव, आज गायक शिव परियार आउँदै

धनगढी । यस पटकको  होली उत्सवमा लोकप्रिय गायक शिव परियार आज धनगढीमा आउने भएका छन् ।

धनगढीमा विगतका वर्षहरुमा पनि होली विशेष कार्यक्रमको आयोजना गर्दै आइरहेका रकस्टार मिडिया र रेडियो धनगढीले आयोजना गर्ने होली उत्सव २०८० मा आफ्नो प्रस्तुति राख्न आज गायक परियार धनगढी आउने भएका हुन् । 

यस पटकको होली यही चैत्र ११ र १२ गते परेको छ । भने होली उत्सव धनगढी स्थित पार्क छेउको रंशालामा आयोजना हुन गइरहेको छ । 

दर्शक श्रोताहरु माझ बहुचर्चित रहेका, संघर्षले खारिएका गायक परियार अहिलेका चर्चित नेपाली गायक हुन्।

आज तराईका जिल्लाहरूमा फागु अर्थात होली पर्व मनाइँदैछ । पहाडी तथा हिमाली जिल्लाहरूमा पूर्णिमाका दिन होली मनाइएको भोलिपल्ट तराइमा होली पर्व मनाउने गरिन्छ ।

रङ्गहरूको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरू जम्मा भएर होली खेल्ने गरिन्छ ।