अछाममा ट्याक्टर दुर्घटना, पाँच जनाको मृत्यु

अछाममा ट्याक्टर दुर्घटना, पाँच जनाको मृत्यु

धनगढी । अछाममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

जिल्लाको मेल्लेख गाउँपालिकामा सुदूरपश्चिम प्रदेश ०१००२ त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

दुर्घटनामा केही घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

मेल्लेखको षोडशाबाट साँफेबगर जाने क्रममा ट्याक्टर दुर्घटना भएको हो ।