आजको मौसम : पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहितको वर्षा हुने

आजको मौसम : पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहितको वर्षा हुने

धनगढी । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती  र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती भने  कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती  र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।