जिप दुर्घटना : २ को मृत्यु, ४ जना घाइते

जिप दुर्घटना : २ को मृत्यु, ४ जना घाइते

काठमाडौँ । जिल्लाको सोरु गाउँपालिकामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको भने ४ जना घाइते भएका छन्।

बुधबार दिउँसो ४ बजेतिर गमगढीबाट सोरु तारापानीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ज ००५९ नम्बरको जिप सोरु गाउँपालिकास्थित कच्चे भन्ने स्थानमा दुर्घटना हुँदा सवारी चालक कविराज नेपाली र एक जना नाम खुल्न नसकेकी महिलाको घटनास्थलमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले जानकारी दिए । उनले भने, 'जिप सडकबाट १ सय मिटर तल खसेको छ ।' उक्त जिपमा ६ जना सवार रहेको प्रमुख जिल्ला अधिकारीको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार जिप दुर्घटना भएको खबर प्राप्त भएपछि उद्धारको लागि जिल्लाबाट सुरक्षाकर्मी पठाइएको छ । घाइते ४ जनालाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याइँदै छ ।