जापानमा ट्याक्सीले मोटरसाइकललाई ठक्कर दिंदा एक नेपाली युवाको मृत्यु, अर्का घाइते

जापानमा ट्याक्सीले मोटरसाइकललाई ठक्कर दिंदा एक नेपाली युवाको मृत्यु, अर्का घाइते

काठमाडौं । जापानको राजधानी टोकियोमा बुधवार बिहान ट्याक्सीले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक समेत रहेका जना नेपालीको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। उक्त सवारी दुर्घटनामा परेर नेपालको रामेछाप घर भएका नेपाली युवा अमित श्रेष्ठको निधन भएको मृत्यु भएको हो ।

श्रेष्ठले चलाएको मोटरसाइकललाई बिपरित दिशाबाट आईरहेको ट्याक्सीले ठक्कर दिएको मातृसन्देश डट कमले समाचार छापेको छ। सोही मोटरसाइकलमा सवार अर्का एक जना नेपाली घाइते भएको र उनको उपचार भैरहेको प्राप्त समाचारमा जनाइएको छ।

टोकियो शिनओकुबो स्थित एक रेष्टुरेण्टमा साथीहरुसंग खानपिन गरेर आफ्नो बासस्थानतर्फ मोटरसाइकलमा फर्कनेक्रममा उक्त दुर्घटनामा भएको बताइएको छ।

मोटरसाइकलसँग ठक्कर खाएको कारका चालकले आफुले चलाएको गाडी ठक्कर खाएकोमा स्विकार गरेका छन । प्रहरीले हाल घटनाको बिषयमा अनुसन्धान गरिरहेको छ ।

शुरुमा बिद्यार्थी भिसामार्फत जापान पुगेका श्रेष्ठ हाल रोजगार भिसामा परिवर्तन गरेर जापानमा बस्दै आएका थिए र करीब एक वर्ष अघि मात्र उनले जापानमा मोटरसाइकल चलाउन सवारी चालक अनुमति पत्र लाइसेन्स लिएको बुझिएको छ ।

दुर्घटनाको विषयमा नेपालस्थित परिवार र नेपाली राजदूतावास जापानलाई समेत जानकारी गराइसकिएको छ ।