नयाँ दिल्लीमा आरजुले गराइन् थाइराइडको शल्यक्रिया

नयाँ दिल्लीमा आरजुले गराइन् थाइराइडको शल्यक्रिया

काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाको भारतमा थाइराइडको शल्यक्रिया गरिएको छ ।

नयाँ दिल्लीस्थित म्याक्स हस्पिटलमा बुधबार उनको शल्यक्रिया गरिएको स्वकीय सचिव कमल रावलले विज्ञप्तिमार्फत् जनाएका छन् ।

आरजुको स्वास्थ्य हाल सुधारोन्मुख रहेको र चिकित्सकहरूको परामर्शअनुसार केही समय अस्पतालमै उपचार गर्नुपर्ने सचिवालयले जनाएको छ ।