चक्कु प्रहार गरेर ४ जनाको हत्या

चक्कु प्रहार गरेर ४ जनाको हत्या

काठमाडौं । अमेरिकाको इलिनोइस राज्यमा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी चार जनाको हत्या गरेका छन् । आक्रमणमा परी सात जना घाइते छन् ।

राकफोर्ड शहरका प्रहरी प्रमुख कार्ला रेडका अनुसार एक जना २२ वर्षीय युवकले चक्कु प्रहार गरेका थिए ।

चक्कु प्रहारबाट दुई महिला र दुई पुरुषको मृत्यु भएको छ । उनीहरु १५ देखि ६३ वर्ष उमेर समूहका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ ।

आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । प्रहरीका अनुसार हत्याको कारण खुलेको छैन ।