कस्तो स्वास्थ्य समस्यामा दूध पिउनु हुँदैन ?

कस्तो स्वास्थ्य समस्यामा दूध पिउनु हुँदैन ?

एजेन्सी । दूध धेरै पोषक तत्वले भरपूर हुन्छ । त्यसैले आफ्नो शरीरलाई फिट राख्नका लागि नियमित रुपमा दूध पिउनु फाइदाजनक हुन्छ ।

तर, के तपाईंलाई थाहा छ शरीरसँग जोडिएका केही त्यस्ता समस्याहरु छन् जसमा दूध पिउनु हानिकारक पनि हुन सक्छ । जानौं ती समस्याहरुका बारेमा–

यदि तपाईंलाई फ्याटी लिवरको समस्या छ भने दूधसँग दुरी बनाउनुहोस् । यस्तो नगर्दा लिवरमा फ्याट जम्मा हुन थाल्छ जसले सुन्निने समस्या हुन्छ ।
यदि तपाईंलाई दूध तथा दूधबाट बनेको चीजहरु खाँदा पेटमा समस्या हुन्छ, वान्ता आउँछ भने पनि दूध पिउनु हुँदैन ।

कतिपय मानिसहरुलाई दूधको एलर्जी हुने भएकाले दूध सेवन गर्दा वान्ता आउने तथा दिशामा रगत आउने जस्तो समस्या हुन्छ । त्यस्ता व्यक्तिहरु दूध पिउनबाट बच्नुपर्छ ।

यदि तपाईंलाई पाचनसँग जोडिएका समस्याहरु भइरहन्छन् भने पनि दूध पिउनुहुँदैन । दूध पिउँदा कतिपयलाई ग्यास्ट्रिक, अपच, कब्जियत आदि समस्याहरु हुन सक्छ ।

यदि तपाईंलाई दूध पिउँदा डन्डीफोर आउने समस्या छ भने पनि दूध नपिउनुहोस् । दूध पिउन नछोड्दा यस्तो छालाको समस्या अझै बढ्ने सम्भावना हुन्छ ।

शरीर सुन्निने समस्या हुँदा पनि दूध पिउनु हुँदैन । यस्तो अवस्थामा दूध तपाईंको स्वास्थ्यका लागि अझै नोक्सानदायक हुन सक्छ ।

हर्मोनल असन्तुलनको समस्या हुँदा पनि दूध पिउनु नोक्सानदायक सावित हुन सक्छ । यसले शरीरमा इन्सुलिन र हर्मोनको स्तरमा प्रभाव पर्दछ ।