सुदूरपश्चिममा पहिलाे पटक अनलाइन खेलकुद प्रतियाेगिता हुँदै

सुदूरपश्चिममा पहिलाे पटक अनलाइन खेलकुद प्रतियाेगिता हुँदै

धनगढी । सुदुरपश्चिममै पहिलो पटक विधुतिय खेलकुद प्रतियाेगिता हुने भएकाे छ ।

धनगढी ट्रेनिङ सेन्टरकाे आयाेजनामा पहिलाे पटक प्रदेशमा प्रतियाेगिता हुन लागेकाे जनाइएकाे हाे ।

सुदुरपश्चिम प्रदेशका विद्यार्थीहरुका लागी समयको विकास सङै प्रविधि क्षेत्रमा सीप तथा ज्ञान अनिवार्य होस् भन्ने उद्देश्य तथा कम्प्युटरयुगमा विद्यार्थीहरुलाई  कम्प्युटर ज्ञान सम्बन्धि मनोबल उच्च बनाउनका लागि यो प्रतियोगिता गरिन लागेकाे आयोजकले जनाएकाे छ ।

प्रतियाेगितामा लुडो, चेस र कार रेस गरि तीन वटा खेल खेलाइने छ । हाल एसइइ परीक्षा दिइरहेका विद्यार्थीहरुले यस प्रतियोगितामा सहभागी हुन पाउने व्यवस्था रहेकाे छ ।

एउटा विद्यार्थीले एउटा मात्र खेलमा सहभागी हुन पाउने र प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई प्रमाणपत्र सहित नगद पुरस्कार सम्मान गरिने तथा खेल सहभागीमध्ये उत्कृष्ट ४० जनालाई निशुल्क बृज कोर्स पढाईने आयाेजकले जानकारी दिए ।

यस खेलमा सहभागी हुन विद्यार्थी आफै संस्थाको कार्यालयमा उपस्थित भइ वा संस्थाको फेसबुक पेज धनगढी ट्रेनिङ सेन्टरमा राखिएको विधुतिय खेलकुद प्रतियाेगिता लिन्कमा जोडिएर या सिधै  त्यहाँ पेजमा राखिएको क्युआरलाई स्क्यान गरेर निशुल्क रुपमा आवेदन फाराम भर्न  सकिने छ ।

प्रतियाेगितामा भाग लिन चाहनेले यहीँ चैत ३० गते सम्म आवेदन फाराम भर्न मिल्ने अवधि रहेकाे छ ।