बाबर आजम फेरि पाकिस्तानको कप्तान नियुक्त

बाबर आजम फेरि पाकिस्तानको कप्तान नियुक्त

बाबर आजम पाकिस्तान क्रिकेट टिमको कप्तानमा फर्किएका छन्। पाकिस्तान क्रिकेट बोर्डले उनलाई टी-२० र एकदिवसीय क्रिकेट टिमको कप्तान नियुक्त गरेको हो।

क्रिकेट बोर्डले सर्वसम्मत रुपमा बाबरको नाम सिफारिस भएकाले बाबरलाई फेरि टी-२० र एकदिवसीय टिमको कप्तानको जिम्मेवारी दिएको जनाएको छ।

यसअघि टी-२० मा शाहीन शाह अफ्रिदी र टेस्टतमा शान मसूदलाई कप्तान बनाइएको थियो ।

चार महिनाअघि भारतमा भएको एकदिवसीय विश्वकपमा पाकिस्तानको खराब प्रदर्शनपछि आजमको आलोचना भएको थियो।

कतिपय आलोचकले उनको राजीनामा समेत मागेका थिए। त्यसपछि उनले कप्तानबाट राजीनामा दिएका थिए। 

उनी पहिलो पटक सन् २०१९ मा पाकिस्तान क्रिकेट टिमको कप्तान बनेका थिए। 

पाकिस्तानले आगामी जेठमा हुने टी-२० विश्वकपअघि बाबरलाई नै कप्तानको रुपमा फर्काएको हो।