सुदुरपश्चिममा नेकपा एसले सरकारको नेतृत्व गर्ने, सोडारी मुख्यमन्त्री बन्दै

सुदुरपश्चिममा नेकपा एसले सरकारको नेतृत्व गर्ने, सोडारी मुख्यमन्त्री बन्दै

धनगढी । सुदुरपश्चिम प्रदेशमा सरकारको नेतृत्व एकीकृत समाजवादीले गर्ने भएको छ । 

नेकपा एमाले, नेकपा माओवादी र एकीकृत समाजवादीका बिचमा सुदुरपश्चिम प्रदेशमा सरकारको नेतृत्व नेकपा एस लाइ दिने सहमति भएको नेकपा एसका एक नेताले बताएका छन ।  सहमति अनुसार नेकपा एसका संसदीय दलका नेता दीर्घ सोडारी मुखमन्त्री बन्नेछन । 

देशमा सत्ता समीकरणमा भएको परिवर्तन पछि हाल प्रदेश सरकार अल्पमतमा रहेको छ । मुख्यमन्त्री कमल शाहले यहि चैत  २१ गते बिश्वासको मत लिने तयारी गरिएको छ । सुदुरपश्चिम प्रदेशमा निर्णायक रहेको नागरिक उन्मुक्तिले सरकार लाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ । उता उन्मुक्ति भित्र नै अध्यक्ष रन्जिता श्रेष्ठ भन्दा अर्को पक्ष हाल कै सरकार लाई समर्थन दिनुपर्ने अडानमा छ । 

सुदुरपश्चिम प्रदेशमा काङ्ग्रेसका १८, एमालेका १०, माओवादीका ११,नागरिक उन्मुक्तिका ७, नेकपा एसका ४, राप्रपा १ र स्वतन्त्र १ गरि ५२ जना प्रदेश सभा सदस्य रहेका छन् । सरकार बनाउन २७ सान्सदले समर्थन गर्न पर्ने संबैधानिक व्यवस्था रहेको छ ।