दार्चुलामा कोदोको बोराभित्र चरेश फेला, २ जना पक्राउ

दार्चुलामा कोदोको बोराभित्र चरेश फेला, २ जना पक्राउ

दार्चुला । दार्चुलामा कोदोको बोराभित्र चरेश फेला परेको छ। जिल्लाको महाकाली नगरपालिका १ श्रीबगर स्थित दार्चुला–तिंकर सडक खण्डबाट २ किलो ७०० ग्राम लागूऔषध (चरेश)सहित कञ्चनपुरको कृष्णपुर नगरपालिका-३ बस्ने २७ वर्षीय हर्कलाल रानालाई सोमवार साँझ प्रहरीले पक्राउ गरेको हो।

चेकजाँच गर्दा रानाले चलाएको सुदूरपश्चिम प्रदेश ०२–००१ त १३१० नम्बरको ट्याक्टको ट्रालीमा कोदोको बोराभित्र लुकाइ छिपाई राखेको अवस्थामा चरेश फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

उक्त सामान ब्याँस गाउँपालिका-४ सुनसेरा बस्ने ५५ वर्षीय जयलाल कुँवरको भएपछि उनलाई समेत पक्राउ गरिएको छ ।

यस सम्बन्धमा दार्चुला प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।