रञ्जिताले गरिन् गण्डकी र बागमतीका अध्यक्षलाई पार्टीबाट निष्कासित

रञ्जिताले गरिन् गण्डकी र बागमतीका अध्यक्षलाई पार्टीबाट निष्कासित

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले दुई प्रदेश अध्यक्षलाई पार्टीबाट निष्कासन गरेकी छन् ।

गण्डकी प्रदेशका अध्यक्ष राजन गुरुङ र बागमती प्रदेशका अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पार्टीबाटै निष्कासन गरेको अध्यक्ष श्रेष्ठले पत्र पठाएकी हुन् ।

पत्रमा पार्टीका संस्थापक केन्द्रीय सदस्यहरू रामलाल डगौरा थारु र रमेश विश्वकर्मालाई कुटपिट तथा अभद्र व्यवहार गरेकोले निष्कासन गरिएको उल्लेख छ ।

रमेशले पत्रकार सम्मेलन गरी आफूहरुमाथि कुटपिट भएको र ज्यानको असुरक्षा बढेको बताएका थिए ।हिजो बिहान ८ बजे पार्टीको बैठक बोलाएको थियो ।