भत्केको पुलमुनि १ पुरुषको शव भेटियो

भत्केको पुलमुनि १ पुरुषको शव भेटियो

काठमाडौं । काठमाडौं महानगरपालिका–३१ भत्केको पुलमुनि एक पुरुषको शव भेटिएको छ ।

पुलमुनिको करिडोरमा अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको हो । मृत भेटिएका पुरुषको अहिलेसम्म सनाखत नभएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । उनका अनुसार शरीरमा घाउ, चोटपटक देखिएकाे छैन ।