कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ

कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा लागूऔषध (खैरोहेरोइन) सहित २ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका १८ बस्ने  गौरव बिक्रम थापा र बेदकोट नगरपालिका- ७ बस्ने लोकेन्द्र भण्डारी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ३ ग्राम ५९ मिलि ग्राम खैरोहेरोइन फेला पारेको प्रहरीले जनाएको छ । यस बिषयमा थप अनुसन्धान भइरहेको छ ।