गायक राजेश पायल राई पक्राउ

गायक राजेश पायल राई पक्राउ

काठमाडौँ । गायक राजेशपायल राईलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई अनामनगरस्थित मदन भण्डारी कलेज नजिकैबाट प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी होहल्ला गरिरहेको अवस्थामा राईसहित तीन जनालाई नियन्त्रणमा लिइएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले उनीहरूलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेको छ । मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।