गायक राजेशपायल राईले पत्नीसँग गरे डिभोर्स, दिए ५ करोडको घर

गायक राजेशपायल राईले पत्नीसँग गरे डिभोर्स, दिए ५ करोडको घर

काठमाडौँ । गायक राजेशपायल राईको श्रीमती साङबुङ राईसँग सम्बन्धविच्छेद गरेका छन् । उनीहरूले काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि मिलापत्र गरेका हुन् ।

वैवाहिक जीवन सधैं गोप्य नै राखिरहे पनि बेलाबेलामा राजेशपायल र साङबुङको सम्बन्धको कुरा बाहिर आइरहन्थ्यो । उनीहरुको करिब दुई वर्षको छोरा पनि छन् । तर, यसैबीच उनीहरुको सम्बन्धविच्छेद भएको हो । सम्बन्धविच्छेदका क्रममा राजेशपायलले नक्सालमा रहेको आफ्नो करिब ५ करोड पर्ने घर साङबुङलाई दिएका छन् । उक्त घरमा रहेका सबै चिजवस्तुहरू साङबुङकै स्वामित्वमा हुनेछन् ।

यसैगरी राजेशपायलले नगद ५० लाख रूपैयाँ पनि दिएका छन् । साथै, थप १ करोड रूपैयाँ भविष्यमा दिने लिखित प्रतिवद्धता राजेशपायलले जनाएका छन् । छोराको भरणपोषणका लागि मासिक १५ हजार रूपैयाँ दिने र पढाइको खर्च पनि राजेशपायलले नै व्यहोर्ने छन् ।

अहिले नक्सालको घर श्रीमतीलाई दिएपछि उनी शान्तिनगरमा बस्न थालेका छन् । राजेश र साङबुङले गत वर्ष साउनतिर पुत्रलाभ गरेपछि विवाह दर्ता गरेका थिए ।