कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ४ स्थित होटेल ओपेराको माथिल्लो तलामा रहेको क्यासिनोमा आगलागी भएको छ ।
बिजुलीको तार सर्ट हुन गई अचानक आगलागी हुँदा उक्त आगलागीबाट तलामा रहेका सोलार ब्याट्री, युपिएस, सिसिटिभी क्यामेरा, एसी र झ्यालका सिसा पूर्णरुपमा क्षति भएको छ। उक्त आगलागीबाट ८० लाख ६७ हजार मूल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
।
बिहीबार भएको उक्त आगलागीबाट मानवीय क्षति भने भएको छैन । उक्त आगलागी स्थानीय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको कञ्चनपुर प्रहरीले जनाएको छ ।