खैरो हेरोइनसहित बैतडीबाट एक जना पक्राउ

खैरो हेरोइनसहित बैतडीबाट एक जना पक्राउ

दार्चुला । बैतडीबाट  प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरिएको छ ।

नेपाल–भारत सीमा जोड्ने झुलाघाटबाट शनिबार साँझ चेक गर्दा खैरो हेरोइनसहित वीरेन्द्र रावल पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार इलाका प्रहरी कार्यालय झुलाघाट र सशस्त्र प्रहरीको झुलाघाट बीओपीबाट खटिएको संयुक्त टोलीले रावललाई खैरो हेरोइन फेला परेको हो । यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।