टिकटक बन्द हुँदा ५ महिनामै ३ अर्ब रूपैयाँ गुमेको दाबी

टिकटक बन्द हुँदा ५ महिनामै ३ अर्ब रूपैयाँ  गुमेको दाबी

सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गरेपछि टेलिकम सेवा प्रदायक कम्पनीहरू प्रभावित भएका छन् । टेलिकम कम्पनीहरूको दाबी पत्याउने हो भने टिकटक बन्द भएको ५ महिनामा मात्रै ३ अर्ब रूपैयाँ बराबरको आय गुमेको छ ।

सामाजिक सद्‍भाव बिगारेको भन्‍दै सरकारले गत कात्तिक २७ गते टिकटक बन्द गर्ने निर्णयको थियो । मंगलबार प्रविधि ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै एनसेलका लिगल तथा रेगुलेटरी अफिसर विशाल उपाध्यायले कात्तिकसम्म नेपालमा सबैभन्दा धेरै चल्‍ने सामाजिक सञ्जाल टिकटक नै थियो।

तर सरकारले टिकटक बन्द गरेपछि ब्‍याण्डविथ खपत घट्‍यो, यसका कारण एनसेलले मात्रै १ अर्ब ४४ करोड रुपैयाँ गुमाएको छ उनले भने ।

उनका अनुसार सोही अनुपातमा नेपाल टेलिकमले पनि टिकटकबाट आउने डेढ अर्ब रुपैयाँ आम्दानी गुमाएको छ । उपाध्यायले सरकारकै नीतिगत व्‍यस्थाका कारण एनसेलले पछिल्लो ६ वर्षमा १३ अर्ब रुपैयाँ आम्दानी गुमाएको दाबी पनि उनले गरे
सरकारले सन् २०१८ वृद्धि गरेको टेकमल सेवा शुल्कका कारण ३ अर्ब ५२ करोड रूपैयाँ गुम्यो। टेलिकम सेवा शुल्क डेटाका कारण २ अर्ब ९० करोड गुम्यो उनले रिपोर्ट पेश गर्दै भने, विभिन्न तीन प्रकारको नियमनका कारण ५ अर्ब १३ करोड टिकटकका कारण १ अर्ब ४४ करोड रुपैयाँ गरी कुल १३ अर्ब रुपैयाँआम्दानी घट्‍यो।

भारत लगायत एशियाका धेरै देशमाटेलिकम कम्पनीहरूमा प्रतिव्याक्ति १५ देखि २० जीबीसम्म डाटा खपत रहेको तर नेपालमा प्रतिव्याक्ति ४ जीबीमात्रै डाटा खपत रहेको उपाध्यायले बताए ।

दूरसञ्चार क्षेत्रको विकासका लागि नीति नियम र ऐनमा सुधार गर्नुपर्ने भए पनि अझै २७ वर्ष पुरानो ऐनमै रहँदा समस्या भएको उनको गुनासो थियो । उनले भने सरकारले बनाएको पछिल्लो फ्रिक्वन्सी नीतिमा अझै खुकुलो बन्न सकेको छैन।

एनसेल पनि फाइभजी परीक्षण तथा सेवा विस्तार गर्न तयार रहेको तर ६० अर्ब खर्च गरेर वार्षिक २ अर्ब आम्दानी हुने गरी काम कसरी गर्ने भनेर मुख्‍य चुनौती रहेको सुनाए ।
यस्तै नेपाल टेलिकमका वरिष्ठ इन्जिनियर मधुसुदन दाहालले नेपाल टेलिकमको डेटा प्रयोगकर्ता एनसेलेको भन्दा १० प्रतिशत घटेको रिपोर्ट पेश गरे ।

अहिले नेपाल टेलिकमको डेटा प्रयोगकर्ता दिनप्रतिदिन घट्दै गइरहेको छ। टिकटक बन्‍द भएपछि एनसेलको भन्दा एनटीसीको प्रयोगकर्ता १० प्रतिशत कम भएको भएको छ, उनले भने यो भनेको करिब करिब १ अर्ब ३० करोडको हाराहारीको आम्दानी गुमाएका छौं।