इन्डियन प्रिमियर लिग : पञ्जावलाई २ रनले जित्यो हैदरावादले

इन्डियन प्रिमियर लिग : पञ्जावलाई २ रनले जित्यो हैदरावादले

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सनराइजर्स हैदरावादले पञ्जाव किंग्सलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा सनराइजर्सले पञ्जावलाई रोमाञ्चक २ रनले पराजित गरेको हो ।

सनराइजर्सले दिएको १८३ रनको लक्ष्य पछाएको पञ्जावले २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन मात्र बनाए पछि खेल २ रनले हारेको थियो ।

यस अघि पहिला ब्याटिङ गर्दै सनराइजर्सले २० ओभरमा ९ विकेट गुमाउदै १८२ रन बनाएको थियो ।

यो जितपछि सनराइजर्सको ५ खेलमा ३ जित र २ हारसहित ६ अंक भएको छ भने पञ्जावले ५ खेलमा २ जित र ३ हार बेहोरेको छ ।