प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

काठमाडौं । आज पनि प्रतिनिधिसभाको बैठक  बस्दैछ। मंगलबार नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति गठन गर्न माग राख्दै गरेको अवरोधले प्रतिनिधिसभा आजका लागि सारिएको हो। 

बैठकमा कांग्रेसका सांसदहरूले गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति गठन गर्न माग राख्दै सदनमा उभिएर विरोध जनाएका जनाएका थिए।

सांसदहरूले संसद्‍मा निरन्तर अवरोध जनाएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। तर कांग्रेसले संसद् चल्न नदिने भएपछि सूचना टाँस गरेर बैठक स्थगित गरियो। 

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले त्यसका लागि संसदीय छानबिन समिति गठन नभए आजको बैठक अवरुद्ध गर्ने चेतावनी दिएको थियो। बैठक सञ्चालनका लागि यसअघि भएको सभामुख र राजनीतिक दलका शीर्ष नेताबीचको छलफल पनि कुनै निष्कर्षमा पुग्न सकेन।  बैठक साँझ पनि प्रधानमन्त्री निवास बालुवाटारमा बस्यो। बैठकमा कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान नछाडेपछि सहमति जुट्न सकेन। 

बैठकमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, गृहमन्त्री रवि लामिछाने, कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलगायत नेताहरु सहभागी थिए।