टीकापुरमा विपद् व्यवस्थापन पूर्वतयारीको अनुगमन

टीकापुरमा विपद् व्यवस्थापन पूर्वतयारीको अनुगमन

टीकापुर ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्राविधिक टोलीले टीकापुर नगरपालिकाले विपद् व्यवस्थापनका निम्ति गरेका पूर्वतयारीको अनुगमन गरेको छ । 

उक्त मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरण, जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय पञ्जीकरण विभाग, नेपाल रेडक्रस सोसाइटी र डेनिस रेडक्रसका प्रतिनिधि सहभागी भएको अनुगमन टोलीले  विपद् व्यवस्थापनका क्रममा गरिएका असल अभ्यास, आउँदा दिनका पूर्वतयारी र प्रतिकार्यबारे अझ प्रभावकारी ढङ्गले काम गर्न सुझाव दिएको थियो । 

बाढीको जोखिमबाट बच्न तटबन्ध निर्माण र पूर्वसूचना दिएर क्षति कम गर्न सकिने, विपद् जोखिम न्यूनीकरणका लागि मौसम पूर्वानुमानसम्बन्धी सूचना तत्काल प्रवाह गर्ने, त्यसलाई स्थानीय तहमा रहेका सञ्जालमार्फत चाँडोभन्दा चाँडो सबैमा पु¥याउने,  जल तथा मौसम विज्ञान विभागकाले दैनिक रूपमा अद्यावधिक गर्ने मौसमसम्बन्धी ‘बुलेटिन’ तथा अन्य सूचनामूलक सामग्रीका लागि विभागको वेबसाइट हेर्न सुझाएको थियो । रासस