लाइफलाइन अस्पतालको डाइलोसिस उपकरण जलेर नष्ट

लाइफलाइन अस्पतालको डाइलोसिस उपकरण जलेर नष्ट

काठमाडौँ । झापाको दमकस्थित लाइफलाइन अस्पतालसँग जोडिएको एक होटलबाट सुरु भएको भीषण आगलागीबाट लाइफलाइन अस्पतालको डाइलोसिस सेवामा ठुलो क्षति पुगेको छ । डाइलोसिस सेवा दिइरहेको भवन तथा त्यहाँ भित्र रहेका स्वास्थ्य उपकरणहरु प्रयोग गर्न नसक्ने गरी क्षति भएको अस्पतालले जनाएको छ ।

मङ्गलबार बेलुकी ७ बजेतिर सुरु भएको आगोलागीबाट लाइफलाइन अस्पतालमा डेढ करोडसहित अढाइ करोडभन्दा बढि क्षति भएको प्रारम्भिक अनुमान रहेको प्रहरीले जनाएको छ । तीन वटा होटल तथा घरहरु समेथ पूर्णरुपमा जलेर नष्ट बनेका छन् । करिब डेढ घण्टामा दमकका दुई वटा, कमल गाउँपालिका, गौरादह, उर्लाबारी, पथरी शनिश्चरेका गरेर ६ वटा दमकलहरुले आगो नियण्त्रणमा लिएको थियो ।

क नगरपालिका वडा न।५ लाइफलाइन अस्पताल छेउमा बस्ने प्रेम धिमालले घरमा सञ्चालन गरेको स्नेहा होटलमा इन्भटरको लाइन सर्ट भई अचानक आगलागी भएको बताइएको छ । डाइलोसिस वार्डको झ्यालबाट आगो पसी ६ वटा डाइलोसिस मेसिन, तीन वटा एसी, एउटा सीसी क्यामेरा, मेडिकल उपकरण गरी जम्मा एक करोड ५० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

धिमालको घर सबै खरानी भएको छ । उक्त घरमा रहेको धनसम्पत्ति गरेर ७९ लाख ९० हजार बराबरको क्षति भएको  जनाइएको छ । सँगै जोडिएको रामवती भुजेलको पक्की वाल र टिनको छानो भएको एकतले घरमा आंशिक क्षति पुगेको छ । छेउमा रहेको रुवि होटल पनि क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डीएसपी कृष्णकुमार चन्दका अनुसार आगो नियण्त्रणका लागि जनपथ प्रहरी, शसस्त्र प्रहरीसहितको टोलीले खटिएको थियो । प्रारम्भिक क्षति विवरण अनुसार अढाइ करोडको क्षति पुगेको छ ।