ट्याक्सी दुर्घटनामा सात जना घाइते

ट्याक्सी दुर्घटनामा सात जना घाइते

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा ट्याक्सी दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
जिल्लाको प्रसिद्ध सुपा देउराली दर्शन गरी पोखरा जाँदै गरेको ग३च ४५७४ नम्बरको ट्याक्सी दुर्घटना हुँदा दुई बालबालिकासहित सात जना घाइते भएका छन ।

घुम्ती दुर्गाफाट सडकखण्डको पाणिनी ८ कोलडाँडाको ओरालोमा गाडी सडकबाट अन्दाजी दुई सय मिटर तल खसेको थियो ।घाइतेको जिल्ला अस्पताल अर्घाखाँची उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रमुख प्रतीकसिंह राठोरले जानकारी दिए ।