दशौँ संस्करणको धनगढी हाफ म्याराथनको तयारी अन्तिम चरणमा

दशौँ संस्करणको धनगढी हाफ म्याराथनको तयारी अन्तिम चरणमा

दशौँ संस्करणको धनगढी हाफ म्याराथन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । धनगढीको समग्र विकासका लागि अब धनगढी दौडिन्छ भन्ने नाराका साथ आयोजना हुने दशौँ संस्करणको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बुधवार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।

धनगढी जेसिजले नयाँ वर्षको अवसरमा हाफ म्याराथन प्रतियोगिताको आयोजना गर्दै आएको छ । आगामी वैशाख १ गते हुने प्रतियोगिताको विजेताले नगद ६६,६६६ उपविजेताले नगद ४४,४४४ र तेस्रो हुनेले नगद ३३,३३३ प्राप्त गर्ने आयोकले जनाएको छ । विजेता पुरस्कार धनगढीको निसर्ग हस्पिटल, उपविजेता पुरस्कार कैलाली उद्योग वाणिज्य संघ र तेस्रो पुरस्कार माया मेट्रो हस्पिटलले प्रायोजन गरेको छ।