कैलालीमा ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु

कैलालीमा ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु

धनगढी । कैलालीमा ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।

जिल्लाको लम्कीचहुा नगरपापलका–३ व्यवस्थितनगरको भित्रि सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको से २ त ६४० नम्बरको ट्याक्टरले पैदल यात्री सोही ठाउँका ५२वर्षीय केशरबहादुर रावललाई ठक्कर दिएको हो ।

आइतवार ट्याक्टरले ठक्कर दिँदा घाइते भएका उनको सोहि दिन लालरत्न अस्पतालमा उपचारको क्रममा मुत्यु भएको प्रहरीले जनाएको छ।

ट्याक्टर चालक जानकी गाउँपालिका–५ बस्ने ३० वर्षीय राजाराम चौधरीलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।