एमाले संसदीय दलको बैठक आज बस्दै

एमाले संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । समसामयिक राजनीतिका बारेमा छलफल हुने बैठक बिहान ११ बजे संसद भवनस्थित ल्होत्से हलमा बस्नेछ ।

यसका साथै संसदका काम कारबाहीको समीक्षा हुनेछ । अबका समितिमा कसरी प्रस्तुत हुने र समितिमा रहेका विचाराधीन विधेयकहरुको बारेमा छलफल हुनेछ एमालेले जनाएको छ ।