हङकङले नेपाललाई दियो ११५ रनको लक्ष्य

हङकङले नेपाललाई दियो ११५ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर लिगअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले हङकङबाट ११५ रनको लक्ष्य पाएको छ । 

सोमबार ओमानको अल अमेरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको हङकङले १७।५ ओभरमा सबै विकेट गुमाएर ११४ रनको योगफल खडा गरेको हो । वर्षाका कारण खेल करिब एक घण्टा ढिलो सुरु भएपछि निर्धारित ओभर २० बाट १८ ओभरमा घटाइएको छ ।